← समाचारमा फर्कनुस्
Football Sep 14, 2025 · Swadesh

नेपोली र युभेन्ट्सको लगातार जित

नेपोली र युभेन्ट्सको लगातार जित

इटालीको सिरी ए मा उपाधिको होडमा रहेका नेपोली र युभेन्ट्सले शनिबार लगातार तेस्रो जित निकालेका छन् र तीन खेलबाट नौ अंकमा शीर्ष दुई स्थानमा रहेका छन् ।


रसमस होजलन्डले आफ्नो डेब्यु खेलमा गोल गरेपछि नेपोलीले फियोरेन्टिनालाई ३–१ ले हरायो । उसका लागि केभिन डे ब्रुएना र साम बेकेमाले पनि एक एक गोल गरे । फियोरेन्टिनाका लागि लुका रेनेरीले एक सान्त्वना गोल फर्काए ।


युभेन्ट्सले भने इन्टर मिलानमाथि लाई सात गोलको ‘थ्रिलर’ मा ४–३ ले पराजित गर्‍यो । भासिलिज एडजिचले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा निर्णायक गोल गरे र युभेन्ट्स विजयी रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →