← समाचारमा फर्कनुस्
Other Sports Jun 07, 2025 · Swadesh

जुलियस र सन्तोषीलाई काठमाडौ २५ के उपाधि

जुलियस र सन्तोषीलाई काठमाडौ २५ के उपाधि

काठमाडौं, जेठ २४ गते ।
नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि केन्याका जुलियस म्युरुकी र नेपालकी सन्तोषी श्रेष्ठले जितेका छन्। 
२५ किलोमिटर पुरुषतर्फ केन्याका जुलियस म्युरुकीले १ घण्टा १६ मिनेट ४८ सेकन्डमा दूरी तय गर्दै उपाधि जिते। त्रिभुवन आर्मी क्लबका विनोद रोकाया दोस्रो भए । उनले १ घण्टा १७ मिनेट ११ सेकेन्डमा रेस पूरा गरे। १ घण्टा १८ मिनेट ५१ सेकेन्डको समयमा सुशील केसी तेस्रो भए। 

महिलातर्फ नेपालकी गोल्डेन रनर सन्तोषी सफल रहिन्। सुरुवात देखि अग्रता बनाएकी उनले १ घण्टा ३१ मिनेट ४३ सेकेन्डको टाइमिङमा पहिलो स्थान प्राप्त गरिन्।  आर्मीकी नीशा सार्की दोस्रो भइन्। उनले १ घन्टा ३२ मिनेट ३१ सेकेन्डमा दूरी तय गरिन्। एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन्। उनले १ घण्टा ३८ मिनेट ०९ सेकेन्डमा दूरी तय गरिन्। 
महिला र पुरुष दुवैतर्फ विजेताले १ लाख, दोस्रोले ५० हजार र तेस्रो २५ हजार रुपैयाँ प्राप्त गरे।

५ किलोमिटर अन्तर्गत यु–१८ पुरूषमा अजय पाण्डे क्षेत्री पहिलो भए। उनले १७ मिनेट १२ सेकेन्डमा दौड सकाए। १७ मिनेट ४४ सेकेन्डमा दूरी तय गरेका सन्दीप सेन्चुरी दोस्रो हुँदा अमृत विश्वकर्मा तेस्रो भए। उनले १८ मिनेट १३ सेकेन्डको टाइमिङ निकाले। 

यु–१८ महिलामा २१ मिनेट ४७. ६६ सेकेन्डको टाइमिङमा अस्मिता भुजेल पहिलो भइन् । भगवती खड्का दोस्रो र आयुष्मा आचार्य तेस्रो भए। भगवतीले २२ मिनेट २७ दशमलव ८७ सेकेन्डमा र आयुष्माले २३ मिनेट ३०. ७८ सेकेन्डको टाइमिङमा रेस सकाएका थिए। 

५ किलोमिटर भेट्रान पुरुषमा धर्म महर्जन पहिलो भए। उनले १८ मिनेट ३१ मिनेट ३१. १५ सेकेन्डको टाइमिङमा उपाधि जित्न सफल भए। लेप्सङ तामाङ दोस्रो र राम चन्द्र श्रेष्ठ तेस्रो भए। 

५ किलोमिटर भेट्रान महिलामा २६ मिनेट १९. ७९ सेकेन्डमा शर्मिला बस्नेतले पहिलो स्थान प्राप्त गरिन्। कल्पना महर्जन दोस्रो र केशरी थापा मगर गुरुङ तेस्रो भए। कल्पनाले  २२ मिनेट २७.८७ सेकेन्डमा र केशरीले २३ मिनेट ३०.७९ सेकेन्डमा दौड पूरा गरिन्। 

५ किलोमिटर यु–१८ र भेट्रान दुवैतर्फको विजेताले  १० हजार, दोस्रोले ६ हजार र तेस्रोले ३ हजार रुपैयाँ प्राप्त गरे।
२५ किलोमिटरको रेस दशरथ रंगशालाबाट सुरु भएर कुपण्डोल, पाटन कृष्ण मन्दिर, ग्वार्को, तीनकुने एयरपोर्ट, गौशाला, कालोपुल, कमलपोखरी, हाक्तीसार, लैनचौेर, स्वयम्भु ताहाचल, वसन्तपुर हुँदै दशरथ रंगशालामा  टुंगिएको थियो।

राष्ट्रिय खेलकुद परिषद्का टंकलाल घिसिङ, एम्सका अध्यक्ष पाको बोराओलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →