जुडो टोली किर्गिस्तान जाने

एसिया ओपन बिस्केक जुडो च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ५ सदस्यीय नेपाली जुडो टोली बुधबार किर्गिस्तानको बिस्केक प्रस्थान गर्ने भएको छ ।
जुन ९ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा समान १÷१ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा महिला ७० केजीमुनि पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् ।
सागमा इन्द्रले रजत तथा पुनमले स्वर्ण जितेका थिए ।
प्रशिक्षकमा पदमबहादुर बुढाथोकी तथा व्यवस्थापकमा नेपाल जुडो संघका सदस्य धर्मरत्न पछाईं रहेका छन् । नेपाल जुडो संघका अध्यक्ष एवं जेयुए एडुकेसन कोचिङका निर्देशक दीपकहर्ष वज्राचार्य पनि टोलीसंगै किर्गिस्तान जाँदैछन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |