TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Martial Arts Nov 10, 2025 · Swadesh

जुडो टोली जापान जाँदै

जुडो टोली जापान जाँदै

समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली मंगलबार जापानको टोकियो जाने भएको छ । नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने डेफलिम्पिक्सको जुडोमा २ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।


पुरुष ६० केजीमा लक्की चौधरी तथा महिला ५२ केजीमा सुष्मा तामाङले प्रतिस्पर्धा गर्ने छन् । जुडो नोभेम्बर १६ देखि सुरु हुनेछ ।


टोली प्रमुखमा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठ, व्यवस्थापकमा रोजिना श्रेष्ठ र प्रशिक्षकमा सन्जित डंगोल रहेका छन् । घरमा शोक परेका कारण प्रशिक्षक डंगोल भने नोभेम्बर १४ तारिखमा जापान जाने छन् ।


टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा राखेप कार्यकारी समितिका सदस्यद्वय भानबहादुर चन्द र सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामीलगायतको उपस्थिति रहेको थियो ।


डेफलिम्पिक्समा नेपालले जुडो बाहेक कराते, एथलेटिक्स, तेक्वान्दो, ब्याडमिन्टन र टेबलटेनिसमा पनि सहभागिता जानाउने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →