जुडो एसियाड टोलीलाई इप्पोन गियरको खेल पोशाक

जापानमा हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई इप्पेन गियरले खेल पोशाक प्रायोजना गरेको छ ।
नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्रचार्य, उपाध्यक्ष रमेश महर्जन, जुडोका मुख्य प्रशिक्षक विरेन्द्र रन्जित, नेपाल जुडो संघका पूर्व महासचिव एवं टेक्निकल डाइरेक्टर धर्मकुमार श्रेष्ठले सोमबार पोशाक हस्तान्तरण गरे ।
टेक्निकल डाइरेक्टर धर्मकुमार श्रेष्ठको समन्वय तथा विश्व जुडो च्याम्पियनसिपकी कांस्य विजेता अस्ट्रियाकी ओलम्पियन सब्रिना फिल्जमोसरको पहलमा इप्पोनले आईजेएफ मान्यता प्राप्त खेल पोशाक प्रायोजन गरेको हो ।
एसियाडमा सहभागी हुने ६ खेलाडी र १ प्रशिक्षकसहित ७ जना तथा बाँकी ३ खेलाडी र १ प्रशिक्षकसहित ४ गरी जम्मा ११ जनालाई समान २–२ थान खेल पोशाक प्रदान गरिएको हो । उक्त खेल पोशाक करसहित जम्मा १२ लाख ३२ हजार रुपैयाँ बराबर रहेको बताइएको छ ।
असोज ३ देखि १८ गतेसम्म जापानको आइची नायोगमा हुने एसियाडअन्तर्गत जुडोमा विकास विक, विशेष विका, सुजन गुरुङ, निशा श्रेष्ठ, देवकीमाया श्रेष्ठ र पुनम श्रेष्ठले नेपालको चुनौती पेश गर्ने छन् । प्रशिक्षकमा सुनिता मगर ताम्राकार छिन् । जुडो टोली सेप्टेम्बर २६ तारिख जापान प्रस्थान गर्ने तालिका छ ।
उनीहरु बाहेक खेल पोशाक पाउने खेलाडीमा प्रमोद मण्डल, योगन्द्र विष्ट र विनिता मगर तथा प्रशिक्षकमा मोहन सुनुवार छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |