← समाचारमा फर्कनुस्
कोशीको विजयी सुरुआत

काठमाण्डौं । प्रथम सहाना प्रधान स्मृति महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा कोशी प्रदेशले विजयी सुरुआत गरेको छ।
सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्ड हलमा सम्पन्न दिनको महिलातर्फ पहिलो खेलमा कर्णाली प्रदेशमाथि कोशीले ३-० को सेटमा जित हासिल गरेको हो।
पहिलो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो। जसमा कोशीले २०-२५ ले आफ्नो पक्ष्यमा पर्न सफल भयो।
दोस्रो सेट १८-२५ र तेस्रो १९-२५ ले जित्दै निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
सात प्रदेश सहभागी रहेको यस प्रतियोगितामा पुरुष र महिला गरि कुल १४ वटा टिमको सहभागिता रहेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |