← समाचारमा फर्कनुस्
Other Sports Jul 12, 2025 · Swadesh

जेजेस् व्लिज चेसको उपाधि क्षितिज भण्डारीलाई

जेजेस् व्लिज चेसको उपाधि क्षितिज भण्डारीलाई

२८ असार, ललितपुर।

महालक्ष्मी चेस एकेडेमीकाे आयोजनामा जेजेस् क्याफे दोस्रो व्लिज खुल्ला रेटिङ चेस प्रतियोगिताको उपाधि फिडे मास्टर क्षितिज भण्डारीले जितेका छन्। 

स्विस लिग प्रणाली अनुसार नवौं चरणको एक दिने द्रुतगतिको खेलमा आठ जित एक बराबरी खेलि भण्डारीले साढे ८ अंक सहित ट्रफि उचालेका छन्।

एफएम भण्डारीले अन्तिम खेलमा ललितपुरका सानुराजा बज्राचार्यलाई पराजित गरि ८ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतिस्पर्धामा समान ८.५ अंक जोडेर दोलखाका आशिष फुयाल प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो भएका छन्। अन्तिम खेलमा सुरज महर्जनलाई पराजित गरेपनि दोस्रो स्थानमा चित्त बुझाउदै आशिषले नगद ६ हजारमा सन्तुष्ट हुनु परेको छ।

यस्तै एकल ७.५ अंक जोडेका राजन पुरि तेस्रो स्थान कब्जा गर्दै नगद पुरस्कार ४ हजार हात पारेका छन्। पुरिले अन्तिम खेलमा काठमाडौंका प्रेमकृष्ण महर्जनलाई हराएका छन्।

स्पर्धामा ललितपुरका सरोज महर्जन चौथो र रौतहटका फिडे मास्टर रुपेश जैशवाल पाँचौ स्थानमा रहँदै प्रतियोगिता अन्त्य गरेका छन्।

झापाका प्रकाश नेपाल, पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली, झापाका सजल न्यौपाने, सुनसरीका मुहान नर्सिङ श्रेष्ठ र ललितपुरका सानुराजा बज्राचार्य क्रमश: छैटौं देखि दशौ स्थानमा रहन सफल भएका छन्।

त्यसैगरी महिला विधातर्फ महालक्ष्मी चेस  एकेडेमीका ग्लोसी श्रेष्ठ प्रथम, झापाकी पुनम प्रसाईं दोस्रो र कुसुम घिसिङ तेस्रो स्थानमा रहिन।

१३२ जना खेलाडी सहभागी रहेको प्रतियोगितामा भेट्रान तर्फ पूर्व नेपाल च्याम्पियन नविन तण्डुकार उत्कृष्ट ठहरिए भने १८०० मुनि रेटेड तर्फ काठमाडौका कुमार महर्जन अब्बल भए भने १६०० मुनि सुदिन नेपाल पहिलो स्थानमा रहे।

युवा - १६ वर्षमा प्रलेस महर्जन  र  युवा- १२ वर्षमा  सात्विक मान तुलाधर उत्कृष्ट भए।

ललितपुरको लुभु स्थित रोयल लुभु ब्याङ्क्वेटमा आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि नेपाल बुद्धिचाल संघका अध्यक्ष हेराकाजी महर्जन, ललितपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष विक्रम श्रेष्ठ,  महालक्ष्मी नगरपालिका ८ का वडा सदस्य जयन्ती महर्जन, विनोद केसीले विजेता खेलाडीलाई पुरष्कृत गरेका छन् । हरिकृष्ण महर्जनको सभापतित्वमा चलेको समापन कार्यक्रम महासंघका प्रवक्ता राजु ताम्राकारले संचालन गरेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →