जावलाखेलसँग पुलिस पराजित

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लब जावलाखेलसँग पराजित भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न राष्ट्रिय लिग अन्तर्गतको खेलमा जावलाखेल युथ क्लब ले पुलिसलाई ३–० ले हराएको हो। जारी लिगमा जावलाखेलको यो तेस्रो जित हो।
यो जितसँगै ६ खेल खेलेको जावलाखेलले ९ अंक जोडेर तालिकाको आठौं स्थानमा उक्लिएको छ। पुलिसको भने यो चौथो हार हो। समान खेलबाट पुलिसको ४ अंक छ।
खेलको १८औं मिनेटमा निकोलस ओडाने ह्यामिल्टनको गोलमा जावलाखेलले अग्रता लिएको थियो। त्यसको आठ मिनेटपछि युवराज ढकालले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए।
७४औं मिनेटमा जावलाखेलका अनिल रानामगरले पुलिसका धीरेन्द्रबहादुर शाहलाई पेनाल्टी बक्सभित्र लडाएपछि पुलिसले पेनाल्टी पाएको थियो। तर, उक्त अवसरको सदुपयोग गर्न सकेन। पुलिसका कप्तान भारत शाहले प्रहार गरेको पेनाल्टी क्रसबार हुँदै बाहिरिएको थियो।
७८औं मिनेटमा विकास दर्लामी मगरले उत्कृष्ट गोल गर्दै जावलाखेललाई ३–० को जित दिलाए
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women