ट्रायथलन टोली जापान जाने

काठमाडौं । एसियाली ट्रायथलन यु–२३ तथा जुनियर च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार जापानको गामागोरी प्रस्थान गर्दै छ ।
जुन २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष तथा १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा मौलिक महर्जनले यु–२३ तथा येजु महर्जनले जुनियरमा प्रतिस्पर्धा गर्ने छन् । महिलामा श्रेबी महर्जनले जुनियरमा खेल्ने छिन् ।
मौलिक र श्रेबी १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । खेलाडीले ७ सय ५० मिटर स्विमिङ, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर रनिङ गर्नु पर्ने छ ।
अफिसियलमा ज्ञानकृष्ण प्रजापति छन् । नेपाल ट्रायथलन संघका सदस्य मिकेन महर्जन पनि एसियाली ट्रायथलनको कोंग्रेसमा सहभागी हुन टोलीसंगै जापान जाँदै छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |