← समाचारमा फर्कनुस्
Top Headlines Jul 26, 2023 · Nepalsports

जापान महिला विश्वकपको नकआउट चरणमा प्रवेश

जापान महिला विश्वकपको नकआउट चरणमा प्रवेश

अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप जापानले कोस्टारिकालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेकोछ।  समूह सी को बुधबार विहान भएको खेलमा जापानले कोस्टारिकालाई २-० गोलले पराजित गरेको हो।

खेलको २५ औं मिनेटमा मिना तनाकाको पासना हिकारु नामोतोले गोल गर्दै जापानलाई १-० को अग्रता दिलाएको थियो ।

त्यस्तै खेलको २७ औं मिनेटमा पुनः मिना तनाकाको पासमा अबा फुजिनोलेगोल गर्दै जापानलाई २–० को जित दिलाएकी हुन् ।  

यसै समूहको दोस्रो खेलमा स्पेनले जाम्बियालाई ५-० गोलले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेका छन् । 

समूह सी मा स्पेन र जापानको समान ६ अंक जोडेका छन् । समूह विजेताका लागि दुवै टिमले अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् । बुधबारको खेलमा पराजित भएका कोस्टारिका र जाम्बिया प्रतियोगिताबाट बाहिरिएका छन् । 
 


 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →