← समाचारमा फर्कनुस्
Football Jun 21, 2026 · Swadesh

ट्युनेसियालाई हराएर जापान नकआउट चरण नजिक

ट्युनेसियालाई हराएर जापान नकआउट चरण नजिक

जापानले विश्वकप २०२६ को आइतबार भएको खेलमा ट्युनेसियामाथि ४–० को प्रभावशाली जित दर्ता गरेको छ । यो नतिजाले जापान समूह एफ बाट नकआउट चरणको नजिक पुगेको छ । जापानले विश्वकपमा एकै खेलमा चार गोल गरेको यो नै पहिलो पल्ट हो ।

यस्तै जापान एसियाली देशमध्ये विश्वकपको एकै खेलमा चार गोल गर्ने पनि पहिलो टिम बनेको छ । जापानको दुई खेलबाट चार अंक भएको छ । यस्तै नेदरल्यान्ड्स पनि समान चार अंकमा रहेको छ । स्विडेन तीन अंकमा तेस्रो स्थानमा छ । लगातार दोस्रो खेलमा पराजित भएपछि ट्युनेसिया शून्य अंकमा प्रतियोगिताबाट बाहिरिएको छ ।

जापानले खेलको चौथो मिनेटमा दाइची कामाडाको गोलले अग्रता लिएको थियो । आयसे युएदाले ३१ औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । जुनया इतोले ६९ औं मिनेटमा तेस्रो गोल थपे । खेलको ८३ औं मिनेटमा युएदाले चौथो गोल गरे र खेलमा नायक भए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →