जनकपुरले जित्यो नेपाल कबड्डी लिगको उपाधि

जनकपुर नाइट्सले अपराजित रहँदै नेपाल कबड्डी लिगको पहिलो संस्करणको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार भएको फाइनलमा खेलमा काठमाडौं माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो। उपाधिसँगै जनकपुरले पाँच लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता काठमाडौंले भने दुई लाखमा चित्त बुझायो।
जनकपुरले पहिलो क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। काठमाडौंले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै पाखा लगाउँदै जनकपुरसँगको भेट पक्का गरेको हो। लिगचरणमा यी दुई टोलीले ३९–३९ अंकको बराबरी खेलेका थिए। तर, फाइनलमा भने जनकपुरले काठमाडौंलाई पछि पार्दै उपाधि जित्यो।
पहिलो हाफमै जनकपुरले ६ अंकको अग्रता लिएको थियो। रेडबाट जनकपुरले आठ, ट्याकल ६, दुई अलआउटबाट चार तथा बोनस र अतिरिक्तबाट सात अंक जोडेको थियो। काठमाडौंले भने रेइडबाट दुई, ट्याकलबाट ६ तथा बोनस र अतिरिक्तबाट ११ अंक मात्रै बटुल्न सक्यो। योसँगै पहिलो हाफ २५–१९ मा सकिएको थियो।
दोस्रो हाफमा कप्तान घनश्याम रोक्कामगरले उत्कृष्ट प्रदर्शन गर्दै काठमाडौंलाई खेलमा फर्काएका थिए। तर, अन्तिम मिनेटतिर सम्हालिन नसक्दा काठमाडौं उपाधिबाट विमुख हुन पुग्यो।
काठमाडौंले रेडबाट सात, ट्याकलबाट पाँच, एक अलआउटबाट दुई तथा बोनस तथा अतिरिक्तबाट आठ अंक जोडेको थियो। जनकपुरले भने रेइडबाट सात, ट्याकलबाट ६ तथा बोनस र अतिरिक्त गरेर पाँच अंक मात्रै बटुल्न सक्यो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |