← समाचारमा फर्कनुस्
Other Sports Aug 24, 2026 · Swadesh

डट्स ई स्पोट्र्सलाई पीएमएनसी फल सिजनको उपाधि

डट्स ई स्पोट्र्सलाई पीएमएनसी फल सिजनको उपाधि
काठमाडौं । ई–स्पोट्र्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा सम्पन्न पब्जी मोबाईल राष्ट्रिय प्रतियोगिता (पिएमएसएल) फल सिजनको उपाधि डट्स ई स्पोट्र्सले जितेको छ। विजेता टोलीले पुरस्कारस्वरूप ४ सय अमेरिकी डलर प्राप्त गरेको छ।

राष्ट्रिय खेलकुद परिषद्बाट राष्ट्रिय खेलकुद प्रतियोगिताको स्वीकृत कार्यक्रम अनुसार देशभरबाट छनोट भएका १६ टोलीले प्रतिस्पर्धा गरेका थिए। दशरथ रंगशालास्थित कभर्ड हलमा भदौ ६ र ७ गते सञ्चालन भएको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै डट्स ई स्पोट्र्सले उपाधि हात पारेको हो।

विजेता टिमलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र ईशानका कार्यवहाक अध्यक्ष हिम बिक्रम केसीले पुरस्कार तथा ट्रफी हस्तान्तरण गर्नुभएको थियो।

प्रतियोगिताबाट उत्कृष्ट १२ टोलीले ‘रोड टू पिएमजीओ’ अन्तर्गतको अर्को चरणमा प्रवेश गरेका छन्। यस चरणले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा पुग्ने बाटो खोल्नेछ।

नेपालमा ई–स्पोट्र्सलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताको सफल आयोजना गरिएको संघका सचिव आशिष दाहालले जानकारी दिए ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →