आईएसए र बोर्न टु हुप फाइनलमा

आईएसए नेपाल र आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको बोर्न टु हुप गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
चार टिम सहभागी राउन्ड रोविन लिगमा आईएसए नेपाल विजेता तथा बोर्न टु हुप उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।
आईएसए नेपालले बोर्न टु हुपलाई १३–७, बलर्स एकेडेमीलाई ६–२ र गोल्डेन बडलाई १३–२ ले पराजित ग¥यो ।
बोर्न टु हुपले गोल्डेन बडलाई ७–५ तथा बलर्सलाई ११–८ ले हरायो । आईएसए नेपालसंग भने बोर्न टु हुपसंग १३–७ ले पछि प¥यो ।
ब्वाइजमा मनास्लु वल्र्ड कलेज, युजीए, ग्रान्डी, बोर्न टु हुप, जिपीएचएस, बलर्स एकेडेमी भीएस ‘ए’ र टिम कुमारले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।ब्वाइजमा २२ टिम सहभागी छन् ।
दुवै समूहमा पहिलो हुनेले २० हजार तथा दोश्रोले १० हजार नगद पुरस्कार हात पार्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । नगद पुरस्कार बाहेक छात्रवृत्तिको पनि व्यवस्था छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |