TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Volleyball May 28, 2026 · Swadesh

नेपाललाई हराउँदै इरान फाइनलमा, उपाधिका लागि काजाकिस्तानसँग खेल्ने

नेपाललाई हराउँदै इरान फाइनलमा, उपाधिका लागि काजाकिस्तानसँग खेल्ने

काठमाडौं। घरेलु टोली नेपाललाई ३–० को सोझो सेटमा पराजित गर्दै इरान काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को फाइनलमा प्रवेश गरेको छ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा इरानले नेपाललाई २५–२०, २५–१५ र २५–११ ले हराउँदै उपाधिनजिक पुगेको हो।


नेपालले पहिलो सेटमा प्रतिस्पर्धात्मक खेल देखाए पनि त्यसपछि इरानले खेलमा पूर्ण नियन्त्रण जमाएको थियो। लगातार दोस्रो र तेस्रो सेट सहजै आफ्नो पक्षमा पार्दै इरानले फाइनल यात्रा तय गर्‍यो।


अब नेपालले तेस्रो स्थानका लागि शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ। यता, उपाधिका लागि इरानले काजाकिस्तानसँग खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group I
1 France 3 9
2 Norway 3 6
3 Senegal 3 3
4 Iraq 3 0
सबै समूह →