← समाचारमा फर्कनुस्
Other Sports Aug 06, 2025 · Swadesh

नेपालमा अन्तर्राष्ट्रिय स्तरको पावरलिफ्टिङ च्याम्पियनसिप हुने

नेपालमा अन्तर्राष्ट्रिय स्तरको पावरलिफ्टिङ च्याम्पियनसिप हुने

काठमाडौं। नेपाली युथ फिटनेस एन्ड केलिस्थेनिक्सको आयोजनामा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको एसियन पावरलिफ्टिङ च्याम्पियनसिप हुने भएको छ।


यहीँ साउन ३० देखि भदौ १ गतेसम्म तीन दिन सञ्चालन हुने छ। काठमाडौंको नेपाल पुलिस क्लब परिसरमा हुने प्रतियोगितामा नेपाल,


भारत,अस्ट्रेलिया, श्रीलंका, पाकिस्तानलगायत विभिन्न एसियाली मुलुकका झन्डै १२ सय खेलाडी सहभागी हुने आयोजकले दाबी गरेका छन्। यी


खेलाडीले १६ वटा तौल (८ पुरुष/८ महिला) र १२ वटा उमेर समूह (६ पुरुष/६ महिला) गरी १२८ फरक–फरक समूहहरूमा प्रतिस्पर्धा गर्नेछन्।


प्रतियोगितामा प्रत्येक समूहका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई मेडलसहित पुरस्कार प्रदान गरिनेछ। 


प्रतियोगिता सम्पन्न गर्न ८६ लाख बजेको अनुमानित बजेट रहेको आयोजकले जनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →