अन्तर्राष्ट्रिय केम्पोमा नेपाललाई सात पदक

काठमाडौं, भदौ २९– नेपालका रोशनकुमार यादवले पोर्चुगलमा भएको केम्पो अन्तर्राष्ट्रिय ओपन कपमा दुई स्वर्ण पदकसहित सात पदक दिलाएका छन् ।
पोर्चुगलको अल्बुफेरामा जारी च्याम्पियनसिपमा रोशनकुमारले समान २–२ स्वर्ण÷रजत र ३ कांस्य गरी कुल ७ पदक जितेका हुन् । सिनियर विधाको सेल्फ डिफेन्समा कांस्य पदक जित्दै रोशनले नेपालको पदक संख्या थपेको नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल शाहले बताए । हरेक खेलाडीले केम्पोमा सात विधामा प्रतिस्पर्धा गर्न पाउँछन् । १४ वर्षे रोशनकुमार फुल केम्पो ४० केजी र सबमिसन केम्पो ४० केजी विधामा स्वर्ण पदक जित्न सफल भए । एम्प्टी ह्यान्ड काटा र सेमी केम्पोमा भने रोशन रजत पदकमा नै सीमित भए । उनले लाइट केम्पोमा र सेल्फ डिफेन्समा कांस्य पदक जितेको केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल शाहले जानकारी दिए । केम्पोलाई मार्सल आटर््सकै हाइब्रिड विधाका रूपमा चिनिन्छ ।
पोर्चुगिज केम्पो तथा इन्टरनेसनल केम्पो फेडेरेसन (आइकेएफ) ले आयोजना गरेको प्रतियोगितामा उनको प्रदर्शनले अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलाडीको क्षमता र नयाँ पुस्ताको सम्भावनासमेत देखाएको फेडेरेसनको विश्वास छ । नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल शाहले पोर्चुगलमा प्राप्त सफलतालाई नेपाली केम्पोका लागि ठूलो उपलब्धि र ऐतिहासिक रहेको बताए । ‘पदक थपिनु हाम्रो लागि गर्वको क्षण हो । एउटै खेलाडीले सात पदक जित्दा धेरै उत्साहित भएका छौं । यसले नेपालको क्षमता अन्तर्राष्ट्रियस्तरमा बलियो हुँदै जानेछ,’ अध्यक्ष शाहले भने ।
नेपाली केम्पोले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर राम्रो प्रदर्शन गर्दै आएको छ । गत अप्रिलमा सम्पन्न केम्पो विश्व च्याम्पियनसिपमा नेपालले विभिन्न विधामा २५ पदक जितेको फेडेरेसनले जनाएको छ । विश्व च्याम्पियनसिपपछि अन्तर्राष्ट्रिय केम्पो ओपन कपमा समेत उल्लेखनीय सफलता प्राप्त गर्नुलाई नेपाली केम्पोको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । केम्पो खुकुरी फेडेरेशनले यस सफलताका लागि खेलाडी, प्रशिक्षक, पदाधिकारी, अभिभावक तथा सम्पूर्ण नेपाली खेलप्रेमीमा हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |