← समाचारमा फर्कनुस्
Martial Arts Jun 27, 2026 · Swadesh

कौशल अन्तरविद्यालय तेक्वान्दो आज

कौशल अन्तरविद्यालय तेक्वान्दो आज

कौशल स्कुल कलेजको आयोजनामा प्रथम कौशल अन्तरविद्यालय काठमाडौं जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता आज शनिबार हुदैछ ।

प्रतियोगितामा विभिन्न २१ विद्यालयबाट करिब ४ सय खेलाडीको सहभागिता रहने कौशलका प्रिन्सिपल शिवप्रसाद अर्यालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

अफिसियल÷नन् अफिसियलमा ग्योरोगी र पुम्सेमा गरी जम्मा ४८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । अफिसियलमा पुरुष÷महिलामा समान ९–९ स्पर्धामा भिडन्त हुनेछ । नन् अफिसियलमा पुरुष÷महिलामा १५–१५ गरी जम्मा ३० स्पर्धामा खेल हुनेछ ।

प्रिन्सिपल अर्यालले विद्यालयले शिक्षासंगै अतिरिक्त क्रियाकलाप र खेलकुदलाई पनि उच्च प्राथमिक राख्दै आएको बताउदै प्रतियोगिताले निरन्तरता पाउने प्रतिबद्धता जनाए।

कौशलका भाइस प्रिन्सिपल डा. भरतप्रसाद भण्डारीले प्रतियोगिताले काठमाडौं जिल्लाभित्रका विभिन्न विद्यालयबीच आपसी सम्बन्ध, सहकार्य र खेलकुदमैत्री वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुनेछ । एकदिने प्रतियोगिताका खेलहरु तार्केश्वर नगरपालिका ८, मनमैजुस्थित आयोजककै हातामा खेलाइने छ । पत्रकार सम्मेलनमा प्लस टुका को–ओर्डिनेटर अस्मिनकुमार बस्नेत, इसीए इन्चार्ज राजकुमार ठकुरीलगायतको उपस्थिति रहेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →