← समाचारमा फर्कनुस्
Volleyball Aug 17, 2025 · Swadesh

अन्तर क्याम्पस स्तरीय भलिबल भदौ अन्तिम साताबाट

अन्तर क्याम्पस स्तरीय भलिबल भदौ अन्तिम साताबाट

काठमाडौँ। अन्तर क्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता भदौ अन्तिम साताबाट सुरु हुने भएको छ।


स्वतन्त्र विद्यार्थी युनियन आर.आर क्याम्पसको आयोजनाममा प्रतियोगिता भदौ २२ देखि २७ गतेसम्म हुने आयोजकले आइतबार पत्रकार सम्मलेन मार्फत जानकारी दिएको हो।


प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैयाँ पाउने छ। त्यस्तै उप-विजेताले २ लाख रुपैयाँ पाउँदा तेस्रो हुने टोलीले १ राख रुपैयाँ पाउनेछ।


विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई छनोट गरि पुरस्कार प्रदान गरिने स्वतन्त्र विद्यार्थी युनियन आर.आर क्याम्पसका सभापती लोकेश खड्काले जानकारी दिए।


प्रतियोगितामा देशभरका १५ भन्दा धेरै क्याम्पसले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ। प्रतियोगिताको टिम दर्ता मिति भदौ २० गते सम्म रहेको छ।


प्रतियोगितामा १२ भन्दा धेरै टिम भएको खण्डमा नकआउट र बेस्ट अफ फाइभ खेलाइनेछ भने १२ भन्दा कम टिम भएको अवस्थामा बेस्ट अफ थ्री र लिग खेलाइने आयोजकले जनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →