← समाचारमा फर्कनुस्
Other Sports Sep 13, 2024 · Swadesh

अन्तरक्लब स्क्वास जारी

अन्तरक्लब स्क्वास जारी

काठमाडौँ, भदौ २८ गते । तेस्रो एनएसआरए अन्तर क्लब अन्तर्राष्ट्रिय स्क्वास च्याम्पियन्सीप २०२४ मा शुक्रबार पुरुषतर्फ गण्डकी टिम ए र बी तथा टिम बङ्गला बी र सी ले जित हात पारेका छन् ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स संघको स्क्वास कोर्टमा भएको प्रतियोगितामा गण्डकीले ब्रिटिस टिम बीलाई ३–० ले हरायो । गण्डकीका अभावन श्रेष्ठले पंकजलाई ११–२, ११–५ र ११–४ तथा नवराज श्रेष्ठले लि रोकीलाई ११–२, ११–७ र ११–१ ले हराउनभयो । राजु श्रेष्ठले वाकओभर पाउनुभयो । एनएसआरए मास्टरले वाकओभर दिएपछि गण्डकी बी ३–० ले विजयी भयो ।

यसैगरी टिम बङ्गला बीले टिम पाकिस्तानलाई ३–० ले पराजित गर्यो । मोहम्मद अमिनुल इस्लामले गुहलाम अलीलाई ११–२, ११–५, ११–४, मोहम्मद साइमुन इस्लामले रोहन नेपालीलई ११–६, १४–१२ र ११–३ तथा सोइकोट वानले अजाज अलीलाई ११–२, ११–७ र ११–६ ले हराउनुभयो । यसैगरी बङ्गला सीले पनि टिम जुजुबाट वाकओभर पाएको थियो ।

यसैगरी बिहिबार साँझ भएको महिला टिम इभेन्टमा एनएसआरए नेसनल टिमले कर्णालीलाई तीनै खेलमा हरायो । स्वास्थानी श्रेष्ठले अर्पणा प्रजालाई ११–६, ११–५ र११–३, विपना ब्लोनले प्रतिक्षा प्रजालाई ११–१, ११–४  ११–४ तथा कृष्णा थापाले भगवती जिसीलाई ११–१, ११–१ र ११–१ ले पराजित गर्नुभयो । एनएस्आरए लेडिजले बङगला लेडिजलाई पनि ३–० ले हरायो । स्वस्थानीले मार्जेन मोनिकालाई ११–३, ११–३ र ११–६, विपनाले चाडीलाई ११–१, ११–४ र ११–४ तथा कृष्णाले नबिला तबसुमलाई ११–२, ११–३ र ११–३ ले निराश पार्नुभयो ।

अन्य खेलमा एनएसआरए जुनियर लेडिज र गण्डकी लेडिजले कोशी लेडिजलाई समान ३–० ले हराए । एनएसआरए जुनियरकी साक्षी सुनुवारले सन्जिला राईलाई ११–१, ११–३, ११–६, रनासा महर्जनले लक्ष्मी तामाङलाई ११–३, ११–१, ११–३ र रचना प्रजाले यङगला लामा शेर्पालाई ११–०, ११–१ र ११–३ ले हराउनुभएको हो । यसैगरी गण्डकीकी श्रितिका उडासले सन्जिलालाई ११–४, ११–२ र ११–८, समीक्षा खाडले लक्ष्मीलाई ९–११, ११–८, ११–५, ७–११ र ११–८ तथा निस्ता श्रेष्ठले यङगलालाई ७–११, ११–५, ११–९, ८–११ र ११–९ ले पराजित गर्नुभयो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →