← समाचारमा फर्कनुस्
इन्टरको खराव लय कायम

खराव लयबाट गुज्रिरहेको इन्टर मिलान शनिबार इटालीको सिरी ए मा एटलान्टासँग १–१ को बराबरीमा रोकिएको छ । अर्कोतर्फ नेपोलीले भने लेचेमाथि २–१ को जित निकालेको छ ।
सानसिरोमा भएको खेलमा इन्टरले पिओ इस्पासिटोको गोलले अग्रता लिएको थियो, तर त्यसलाई कायम राख्न सकेन् र खेलको अन्त्यतिर निकोला क्रास्टिभिचले एटलान्टाका लागि बराबरी गोल फर्काए ।
युभेन्ट्स भने युडिनेजीमाथि १–० को जित रच्न सफल रह्यो । यस्तै टुरिनोले पार्मालाई ४–१ ले पराजित गरेको छ । इन्टर ६८ अंकमा शीर्ष स्थानमा छ र उसको स्थिति अझै बलियो छ । उसको पछाडि एक खेल कम खेलेको एसी मिलानको ६०, नेपोलीको ५९ र युभेन्ट्सको ५३ अंक रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women