मेस्सी चम्कदा इन्टर मियामीको सहज जित

इन्टर मियामीका लागि सुरुवाती ११ मा परेको लियोनल मेस्सीले पहिलो हाफमा दुई गोल गरेपछि इन्टर मियामी लिग्स कपमा एट्लान्टा युनाइटेडलाई ४-० ले पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको छ।मायमीको जितमा मेस्सीले र रोवर्ट टेलरले समान दुई दुई गोल गरेको थियो।
खेलको आठौँ मिनेटमा मेस्सीले सर्जियो बुस्केट्सको पासमा प्रहार पोस्टमा लागी रिबाउन्डमा मेस्सीले पुन: प्रहार गर्दै गोल गरेको थियो ।
त्यस्तै खेलको २२ औं मिनेटमा मेस्सीले रोबर्ट टेलरको लो क्रसमा गोलमा गर्दै मियामीलाई २-० गोलको अग्रता दिलैए।
खेलको ४४ औं मिनेटमा बेन्जामिन क्रेसान्सीको पासमा टेलरले मायमीलाई ३-० ले अग्रता दिलाए । त्यस्तै खेलको ५४ औं मिनेटमा मेस्सीको पासमा टेलरले व्यक्तिगत दोस्रो गोल गर्दै ४-० को नतिजा दिलाए ।
यस जितसँगै मायमी समूह विजेताको रुपमा लिग्स कपको नकआउट चरणमा स्थान बनाएको छ । मायमीको २ खेलमा ६ अंक रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |