← समाचारमा फर्कनुस्
Other Sports Jun 04, 2023 · Shishir

इन्डो नेपाल करातेमा श्रीयांश र लक्ष्मी सर्वाोत्कृष्ट

इन्डो नेपाल करातेमा श्रीयांश र लक्ष्मी सर्वाोत्कृष्ट

काठमाडौ-नवौं इन्डो नेपाल कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन भएको छ । 

पुरुष खुला तौलसमूहमा स्वर्ण विजेता मित्रपार्क डोजोका श्रीयांश शाही र महिला ३५ केजीमुनि तौलसमूहकी स्वर्ण विजेता कालिका शरण स्कुलकी लक्ष्मी वाइबा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बने । 

पुरुष र महिला एकल काता तथा कुमुतेतर्फ महिला÷पुरुष १०÷१० तौलसमूह गरी २२ स्वर्णका लागि भएको प्रतियोगितामा अधिकांश सफलता नेपाली खेलाडीले पाए । नेपालले २१ स्वर्ण जित्दा भारतका खेलाडीले एक स्वर्ण  जिते । 

प्रतियोगिताको पहिला दिन ६ स्वर्णको छिनोफानो भएको थियो । अन्तिम दिन शनिबार बाँकी स्पर्धा सम्पन्न भए ।

महिला २० केजीमा नेपालकी आरती गुप्ता, २५ केजीमा सजिना तामाङ, ३० केजीमा सलिना लामा, ३५ केजीमा लक्ष्मी वाइबा, ४० केजीमा प्रेशा राई, ४५ केजीमा अनुरती कार्की र ५० केजीमा अपेक्षा मगरले स्वर्ण जिते । 

त्यस्तै ५५ केजीमा कृपा बिनानीले स्वर्ण जितिन् । ६० केजीमा दिनका राई र खुल्ला तौलसमूहमा लीन राईले स्वर्ण जितिन् । कातातर्फ अपेक्षा मगरले स्वर्ण जितिन् ।

पुरुषतर्फ २० केजीमा अरुण तामाङ, २५ केजीमा ड्यानियल तामाङ, ३० केजीमा आरोग्य पौडेल, ३५ केजीमा देवेन्द्र मगर, ४० केजीमा श्रीयांश शाहीले स्वर्ण जिते । 

त्यस्तै ४५ केजीमा नीमा तामाङ, ५० केजीमा पुजन राई, ५५ केजीमा प्रज्वलसिंह कार्की, ६० केजीमा दावा शेर्पा र खुल्ला तौलसमूहमा सुरेश तामाङले स्वर्ण जिते । 

काठमाडौंको हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजु–काइ कराते डो संघको प्राविधिक सहयोगमा सम्पन्न भएको प्रतियोगितामा भारत, कोलकाताको डोजो तथा विद्यालयका २० सहित २५० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

आयोजक नेसनल युनाइटेड स्कुलकी प्रिन्सिपल शायरा हमाल, बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष एवम् नगर प्रवक्ता नबराज भट्टराई, अन्तराष्ट्रिय कराते रेफ्री राम लामा, नेपाल गोजुकाई कराते महासंघका उपाध्यक्ष एवम् नेसनल युनाइटेड स्कुलका संस्थापक जेबी हमाल, कलकत्ता कराते क्लब गोजुकाई कराते डो वेष्ट बंगालका प्रमुख प्रशिक्षक श्री ललित कुमार साव, नेपाल गोजुकाई कराते महासंघका सदस्य शुशीलराज उप्रेती, प्याब्सन टोखा नगर समितिका कोषाध्यक्ष महेश पाण्डे लगायतले पुरस्कार वितरण गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →