← समाचारमा फर्कनुस्
Football Nov 18, 2026 · Swadesh

भारतले जित्यो १०औं पटक साफ च्याम्पियनसिपको उपाधि

भारतले जित्यो १०औं पटक साफ च्याम्पियनसिपको उपाधि

 साफ च्याम्पियनसिप २०२६ को फाइनलमा भारतले पाकिस्तानलाई २-१ ले पराजित गर्दै रेकर्ड १०औं पटक उपाधि जितेको छ। पाकिस्तानले पहिलो हाफको इन्जुरी टाइममा अग्रता लिए पनि दोस्रो हाफमा एक खेलाडी कम भएपछि भारतले पुनरागमन गर्दै खेल जित्यो ।

खेलको पहिलो हाफमा पाकिस्तानले राम्रो प्रदर्शन गर्दै ६५ प्रतिशत बल नियन्त्रण राखेको थियो। पहिलो हाफको इन्जुरी टाइममा अलमगीर गाजीले उत्कृष्ट गोल गर्दै पाकिस्तानलाई १-० को अग्रता दिलाए ।

दोस्रो हाफको ५९औं मिनेटमा पाकिस्तानका जुनैद शाहले खतरनाक फाउल गरेपछि रातो कार्ड पाए। त्यसपछि भारतले खेलमा फर्किंदै ६०औं मिनेटमा सुहैल अहमद भाटको गोलमार्फत बराबरी गर्यो । खेल सकिनु दुई मिनेटअघि ८८औं मिनेटमा सन्दीप मण्डीले हेडरमार्फत निर्णायक गोल गर्दै भारतलाई जित दिलाए ।

यो जितसँगै भारतले लगातार तेस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ। पाकिस्तान भने पहिलो पटक फाइनलमा पुगेर उपविजेतामा सीमित भयो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →