← समाचारमा फर्कनुस्
भारतको लगातार दोस्रो जित

काठमाडौं। उपाधि दाबेदार भारतले काभा वुमन्स नेसन्स भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले पहिलो सेट २५–६ ले आफ्नो पक्षमा पार्यो। त्यसपछिका दुई सेटमा पनि भारतले सहज जित हासिल गर्यो। भारतले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–१० ले जित्यो।
योसँगै भारतले दोस्रो जित निकाल्दै दुई खेलबाट ६ अंक जोडेको छ। यसअघि भारतले इरानलाई ३–१ को सेटमा पराजित गरेको थियो भने माल्दिभ्सको यो पहिलो खेल हो।
प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका गरि पाँच देशको सहभागिता छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |