← समाचारमा फर्कनुस्
Football Oct 03, 2026 · Swadesh

भारतमाथि ब्राजिलको चार गोल

भारतमाथि ब्राजिलको चार गोल

स्यामुएल लिनाको दुई गोलको मदतले ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार भारतलाई ४–० ले हराएको छ र यो कीर्तिमान पाँच पल्टको विश्व च्याम्पियन ब्राजिलको भारतविरुद्ध पहिलो खेल हो ।

कोलकाताको साल्ट लेक स्टेडियममा भएको खेलमा ब्राजिलले प्रत्येक हाफमा दुई दुई गोल गर्न सफल रह्यो । खेलको २८ औं मिनेटमा विलियनले गोलको खाता खोले । यस्तै ४२ औं मिनेटमा पेड्रोले दोस्रो गोल थपे ।

लिनोले ५८ औं मिनेटमा तेस्रो गोल गरे । उनले नै दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा चौथो गोल थपे । प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा ब्राजिल बलियो टिम लिएर भारत आएको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →