← समाचारमा फर्कनुस्
Football Sep 22, 2025 · Swadesh

पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित

काठमाडौँ। भारतले एसिया कपको सुपर फोरमा पाकिस्तानलाई पराजित गरेको छ। 


आइतबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो।


पाकिस्तानले दिएको १७२ रनको लक्ष्य दिएको पछाएको भारतले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे।


भारतको जितमा अभिषेक शर्माले सर्वाधिक ७४ रन बनाए। शुभमन गिलले ४७, तिलक बर्माले ३० र सन्जु सामसनले १३ रन बनाए। पाकिस्तानका बलर हरिस राउफले २ विकेट लिए भने अब्रार आयुब र फाहीम अशरफले एक एक विकेट लिए।


यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। पाकिस्तानका लागि शाहीबजादा फरहानले ५८ तथा सैम आयुब र मोहमद नवाजले २१-२१ रन बनाएका थिए।


जितसँगै भारतको सुपर फोरमा २ अंक भएको छ। सुपर फोरमा मंगलबार पाकिस्तान र श्रीलंका खेल्ने तालिका रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →