भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि ३५ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा ३५ खेलाडीलाई बोलाइएको छ।
नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले शुक्रबार भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणमा केही युवा खेलाडीलाई पनि समेटेका छन्।
बंगलादेशमा भएको साफ यु-२० च्याम्पियनसिपकी सर्वाधिक गोलकर्ता पुर्णिामा राईसहित लिला जोशी, तुलसा बोहरा, सेनु परियार, सुक्रिया मिया र मिना देउवा बन्द प्रशिक्षण्मा अटाएका छन्।
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल मैत्रीपूर्ण खेल कार्तिक ९ गते सिक्किममा खेलाइने छ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी
गोलकिपरः अञ्लिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, सुशीला चौधरी, लीला जोशी
रक्षकः निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैसी, सजनी थोकर, हीराकुमारी भुजेल, नेहाकुमारी चौधरी
मिडफिल्डरः विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीती राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहोरा, सेनु परियार, सुक्रिया मिया
फरवार्डः रश्मीकुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई, जेनिफर मगर, सावित्रा भण्डारी
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |