← समाचारमा फर्कनुस्
Other Sports Jul 13, 2025 · Swadesh

अहिलेसम्मको एकोहोरो फाइनल

अहिलेसम्मको एकोहोरो फाइनल

विम्बल्डन २०२५ को महिला एकलको फाइनल अविश्वसनीय रह्यो । अविश्वसीय मात्र नभएर घोर आश्चर्यजकै नतिजा रह्यो । आखिरमा कसले मात्र सोचेको हुन सक्छ र, उपाधिको भिडन्तमा विजेताको जित अन्तर ६–० र ६–० हुन्छ भनेर । तर भएको यस्तै छ ।

अल इंग्ल्यान्ड क्लबमा शनिबार राति भएको फाइनलमा इगा स्वाटिकले आफ्ना प्रतिद्वन्द्वी अमान्डा एनिसिमोभामाथि निर्मम यस्तै जित निकालेकी हुन् । उपाधि जितेपछि पोल्यान्डकी स्वाटिकको प्रतिक्रिया थियो, ‘यस्तो जित हुन्छ भनेर मैले सपनामा पनि सोचेकी थिइनं ।’

हारपछि अमेरिकी खेलाडी एनिसिमोभाले आफूलाई सम्हाल्नै सकिनन् र रुदै भनिन्, ‘मैले अलिकति भए पनि राम्रो खेल्नु पर्ने थियो ।’ हारप्रति उनको अनुहारमा प्रस्ट पछुताउ देखिन्थ्यो । ग्रान्ड स्लाम टेनिसमा साँच्चै यस्तो स्कोर विरलै मात्र पाइन्छ, अझ त्यो पनि फाइनलमा ।

सन् १९८८ मा एउटा यस्तै फाइनल भएको थियो, जति बेला स्टेफि ग्राफले फ्रेन्च ओपनको फाइनलमा नतासा जेरेभालाई ६–० र ६–९ ले हराएकी थिइन् । विम्बल्डनको आधुनिक इतिहासमा यस्तो एकपक्षीय खेल भएको भने यो नै पहिलो पल्ट हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →