साफ यू-१९ः सेमिफाइनलमा भारत र नेपाल खेल्ने

साफ यू १९ प्रतियोगिताको फाइनल प्रवेशका लागि साविक विजेता भारत र नेपाल भिड्ने भएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न समूह बी को अन्तिम खेलमा भुटानलाई २-१ गोलअन्तरले पराजित गर्दै भारतले नेपालसँगको भेट पक्का गरेको हो।
भारतको जितमा असिवा प्रशाद र रिक्की मिथाइले गोल गरे। भुटानका लागि पेमा ज्यान्पोले गरेको गोल सान्त्वना रह्यो।
खेलमा शुरूआतदेखि नै भारतीय खेलाडीले भुटानमाथि दबदबा राखेको थियो। तर, अग्रता भने भुटानले लियो। २१औँ मिनेटमा जिग्मे नामग्यलले भुटानलाई शुरूआती अग्रता दिलाए। उनले पेमा ज्यान्पो क्विक चलाएको बललाई करिब ३० यार्डबाट सिधैँ जालि चुमाए।
२९औँ मिनेटमा पेमाले प्रहार गरेको फिक्रिकलाई भारतीय गोलरक्षक लिओनल डार्यलले सहजै बचाए। ३६औँ मिनेटमा भारत खेलमा फर्कियो। असिवा प्रशादले दिएको एअर बललाई नियन्त्रणमा लिनेक्रममा भुटानका डिफेन्डर र गोलरक्षकबीच तालमेल नमिल्दा गवाम्सार गोयरेले सोल्जरले बललाई टच गर्दै पोष्टको दिशा दिए।
६३औँ मिनेटमा भारतले अग्रता लियो। यश चिक्रोले प्रहार गरेको कर्नरमा अनमार्कमा रहेका रिक्की मेथाइले बललाई जाली चुमाए।
भारतले पहिलो खेलमा बंगलादेशलाई ३-० गोलअन्तरले पराजित गरेको थियो। भुटानले बंगलादेशले ४-३ गोलअन्तरले पराजित गरेको थियो। भारत शतप्रतिशत जितसँगै समूह बी को उपविजेता बन्यो। भुटान ३ अंकसहित उपविजेता बन्यो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |