← समाचारमा फर्कनुस्
Football Oct 03, 2026 · Swadesh

हङकङ फिफा आसियान कप च्याम्पियन, कम्बोडियालाई २-० ले हरायो

हङकङ फिफा आसियान कप च्याम्पियन, कम्बोडियालाई २-० ले हरायो

काठमाडौँ – हङकङले फिफा आसियान कप २०२६ को डिभिजन २ को उपाधि जितेको छ। शनिबार (अक्टोबर ३) का दिन हङकङको काई टाक स्टेडियममा भएको फाइनलमा हङकङले कम्बोडियालाई २-० गोल अन्तरले पराजित गर्दै इतिहास रचेको हो।

यो हङकङको लागि फिफाले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पहिलो उपाधि हो। प्रतियोगितामा हङकङले समूह चरणका दुईै खेल जित्दै फाइनलमा स्थान बनाएको थियो र फाइनलमा पनि अपराजित रहँदै उपाधि उचालेको छ।

खेलको पहिलो हाफको ४०औँ मिनेटमा सुन मिङ चिनले बायाँतर्फबाट दिएको क्रसमा फरवार्ड म्याट ओरले बायाँ खुट्टाले गोल गर्दै हङकङलाई १-० को अग्रता दिलाएका थिए। दोस्रो हाफको ५३औँ मिनेटमा च्यान सिउ क्वानलाई प्रतिद्वन्द्वीको पेनाल्टी क्षेत्रभित्र लडाइएपछि रेफ्रीले पेनाल्टीको संकेत गरे। त्यसपछि एभर्टन कामार्गोले पेनाल्टीबाट गोल गर्दै हङकङको अग्रता २-० पुर्याए। त्यसपछि कुनै पनि टोलीले गोल गर्न सकेनन् र हङकङले उपाधि जित्यो।

यस फाइनल खेललाई ३१ हजारभन्दा बढी दर्शकले स्टेडियममा पुगेर हेरेका थिए। हङकङका प्रशिक्षक रोबर्टो लोसाडाले जितको श्रेय समर्थकहरूलाई दिएका छन्। उनले भने, "आज हामी १२ जना खेलाडी जस्तै थियौँ। दर्शकहरूको साथले नै हामीलाई जिताएको हो।"

प्रतियोगितामा हङकङले तीनै खेल जित्दै ८ गोल गरेको थियो भने एक पनि गोल खाएको थिएन। यस जितसँगै हङकङले ३ लाख अमेरिकी डलर पुरस्कार राशि पनि प्राप्त गरेको छ। यो हङकङ फुटबलको लागि ऐतिहासिक क्षण मानिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →