← समाचारमा फर्कनुस्
Other Sports Apr 27, 2025 · Swadesh

राष्ट्रिय महिला तथा पुरुष हक्की हुने

राष्ट्रिय महिला तथा पुरुष हक्की हुने

काठमाडौं। राष्ट्रिय पुरुष र महिला हक्की प्रतियोगिता हुने भएको छ।

नेपाल हक्की संघको वार्षिक कार्यक्रम बैशाख १७ देखि २६ गतेसम्म“राष्ट्रिय पुरुष हक्की प्रतियोगिता र बैशाख १८ गते देखि वैशाख २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता हुन लागेको हो। 

ललितपुरस्थित च्यासल फुटबल मैदानमा हुने राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा आठ राष्ट्रिय महिला हक्की प्रतियोगिता चार टिमले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ। पुरुषमा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी तथा एपिएफसहित प्रदेशका मधेश, कर्णाली, गण्डकी, कोशी र बागमती सहभागी हुने छन् । एपिएफ हक्कीमा नयाँ टोली पनि हो। पुरुषमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगिता कम नकआउट आधारमा खेल खेलाइने छ।

महिलामा भने नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छ। राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधि भिडन्त हुनेछ। पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

विधागत उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिने संघले जनाएको छ। प्रत्येक खेलको 'प्लेयर अफ द म्याच' दुई हजार नगदबाट पुरस्कृत हुनेछ। राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख खर्च हुने अनुमान गरिएको छ। राष्ट्रिय महिला हक्की प्रतियोगिता सञ्चालन गर्न करिब २५ लाख खर्च हुने अनुमान गरिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →