← समाचारमा फर्कनुस्
Football Aug 30, 2025 · Swadesh

हिमालयन फुटसल गोल्डकपको उपाधि आयोजक हिमालयन एफसीद्वारा रक्षा

हिमालयन फुटसल गोल्डकपको उपाधि आयोजक हिमालयन एफसीद्वारा रक्षा

काठमाडौं । नेपाली फुटसल इतिहासकै सर्वाधिक धनराशि पुरस्कार रहेको दोस्रो 'हिमालयन फुटसल गोल्डकप २०८२'को उपाधि आयोजक हिमालयन एफसीले रक्षा गरेको छ । राजधानीको चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा शुक्रबार सम्पन्न फाइनलमा हिमालयन एफसीले ठमेल एकता क्लबलाई १-० गोलले पराजित गर्‍दै उपाधि रक्षा गरेको हो ।


प्रतिस्पर्धात्मक फाइनलमा एक मात्र निर्णायक गोल हिमालयन एफसीका श्रीकृष्ण श्रेष्ठले गरेका थिए । विजयी हिमालयन एफसीले  सिल्ड, रनिङ ट्रफी, मेडलसहित नगद ३ लाख रुपैयाँको चेक भौचर आफ्नो पक्षमा पार्‍यो भने उपविजेता टिम ठमेलले नगद १ लाख, मेडल र रनरअप ट्रफी हात पार्‍यो ।


हिमालयन एफसीका दीपेश श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिँदा  ठमेलका लाक्पा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । दुबैजनाले क्रमश १० हजार रुपैयाँ प्राप्त गरे । फेयर प्ले टिमको उपाधिसहित थोक्रे एफसीले नगद २० हजार रुपैयाँ हात पार्‍यो । हिमालयन एफसीका सुरेश श्रेष्ठ र सन्दीप तामाङले क्रमश: उत्कृष्ट प्रशिक्षक र व्यवस्थापक चुनिँदै ५ हजार हात पारे ।


नेपाल प्रहरीका डिएसपी सुकदेव खनाल, नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव वैकुण्ठराज पराजुली, वागमती फुटबल संघका उपाध्यक्ष राजीवमान बस्नेतले विजयी टिम तथा विधागत उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।


आयोजक हिमालयन एफसीका अध्यक्ष विनोद कार्कीले युवा खेलाडीको प्रतिभा प्रस्फुटन र क्षमता अभिवृद्धिको उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको भन्दै सफलतापूर्वक सम्पन्न गर्न साथ र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । कार्कीले यो प्रकारको सफलताले आगामी दिनमा थप उत्कृष्ट प्रतियोगिता आयोजना गर्ने ऊर्जा प्रदान गरेको बताए ।


३८ टिम सहभागी प्रतियोगिता दुई दिनसम्म चलेको थियो । गतबर्ष २ लाख धनराशिको पुरस्कारसहित गोल्डकप सुरू गरेको हिमालयन एफसीले यो पटकबाट रनिङ ट्रफीसमेत सुरू गरेको हो । आयोजक हिमालयन एफसी प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →