TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Jan 09, 2026 · Swadesh

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस प्रतियोगिता हुने

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस प्रतियोगिता हुने

काठमाडौं । २०८२ साल पौष २५ गते शुक्रबार

काठमाडौं । हिमालयन चेस एकेडेमीले युवा खेलाडी उत्पादन गर्ने उद्देष्यले ‘हिमालयन च्यालेन्जर्स यू १८ फिडे रेटिङ चेस प्रतियोगिता’ आयोजना गर्ने भएको छ । उमेर समूहमा आयोजना गर्न लागिएको दुर्लभ क्लासिकल चेसमा छनोट गरिएका प्रतिभावान् २४ खेलाडीले आइतबारदेखि नौ दिन प्रतिस्पर्धा गर्नेछन् ।


काठमाडौं जिल्ला चेस संघसँगको सहकार्यमा आयोजित प्रतियोगिताबारे एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘नेपालमा २५ मिनेटसम्म खेल्ने र्यापिड र ब्लिजका प्रतियोगिता अत्याधिक हुने गरेको छ । तर, खेलाडी उत्पादन र स्तर मापनका लागि महत्वपूर्ण मानिएको क्लासिकल चेसको प्रतियोगिता विरलै आयोजना गरिन्छ । त्यसैले हामी वास्ताविक चेसको रुपममा लिइने क्लासिकल प्रतियोगिता आयोजना गर्दै युवा खेलाडीको स्तरोन्नति गर्न चाहन्छौं ।’


हिमालयन च्यालेन्जर्स काठमाडौं महानगरपालिका ११ स्थित थापाथलीमा रहेको एकेडेमीको आफ्नै चेस हलमा सञ्चालन गरिनेछ । नौ दिन सञ्चालन हुने प्रतियोगितामा स्वीस प्रणालीको आधारमा प्रत्येक दिन एक चरण गरी कुल नौ चरणको खेल हुनेछ । प्रत्येक खेलाडीले ९० मिनेट र ३० मिनेटको इन्क्रिमेन्ट समय पाउनेछन् । खेलाडीलाई प्रत्येक जितमा १ हजार र बराबरीमा ४ सय रुपिया पुरस्कार दिइनेछ ।


हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसीए युथ कप गरी दस प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । त्यसैले उसको ११ औं प्रतियोगिता हुनेछ हिमालयन च्यालेन्जर्स क्लासिकल चेस ।


चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले २०८० साल चैत १ गते उद्घाटन गरिएको स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स र इलिट प्रोग्राम गरी ६ वटा कोर्समा करिब २ सयलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइसकेको छ । भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको थियो ।


तस्बिरमा हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू, फिडे मास्टर रिजेन्द्र राजभण्डारी र काठमाडौं जिल्ला चेस संघका अध्यक्ष केशव श्रेष्ठ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →