← समाचारमा फर्कनुस्
हेल्प नेपालको लगातार दोस्रो जित

काठमाडौं। काभा क्लब च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार दोस्रो जित हासिल गरेको छ।
शुक्रबार राति सम्पन्न खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई ३–१ सेटमा पराजित गरेको हो।
पहिलो सेटमा एचडिसीलाई हेल्प नेपालले २५–१९ ले पाखा लगायो। दोस्रो सेट भने केही रोमाञ्चक बनेको थियो। तर, घरेलु टोलीलाई २३ मै रोक्दै हेल्प नेपालले २–० को अग्रता लियो।
तेस्रो सेट भने हेल्प नेपालको फितलो रह्यो। उक्त सेट १९–२५ ले गुमायो। र चाैथाे सेटमा २५–२२ ले जित हासिल गर्दै हेल्प नेपालले खेल ३–१ को सेटमा आफ्नो पक्षमा पार्यो।
यसअघि हेल्प नेपालले पहिलो खेलमा माल्दिभ्सकै क्लब धिवेही सिफाइन्गे क्लबलाई ३–२ को सेटमा पराजित गरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |