← समाचारमा फर्कनुस्
Volleyball Jul 21, 2025 · Swadesh

हेल्प नेपालको तेस्रोजित

हेल्प नेपालको तेस्रोजित

काठमाडौं। काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्ट्स क्लबले काजकस्तानको क्लब जेटएचकेक्लबलाई हराउँदै तेस्रोजित हासिल गरेको छ।

माल्दिभ्सको मालेमा सोमबार सम्पन्न खेलमा हेल्प नेपाल ३-२ सेटमा विजयी भएको हो।

पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले त्यसपछि लगातार दुई सेट १८-२५ र २३-२५ ले पराजित भयो। तर, चौथो सेटमा २५-१८ ले विजयी हुँदै खेल पाँचौँ सेटमा पुर्याउन सफल भयो।

पाँचौं सेटमा हेल्प नेपाल १५-११ ले विजयी भयो। जारी प्रतियोगितामा चौथो खेलमा तेस्रो जित हासिल गर्न सफल भयो छ।

यसअघि पहिलो खेलमा हेल्प नेपालले बिहीवार घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३-२ ले हराएको थियो। दोस्रो खेलमा शुक्रवार माल्दिभ्सकै क्लब एचडिसीलाई ३-१ ले‌ हराएको हो।

च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेतासमेत गरि ६ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ। च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →