एनभिए भलिबल लिग : उपाधिका लागि हेल्प नेपाल र गण्डकी भिड्ने

काठमाडौं । आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत पुरुषतर्फको फाइनलमा टिपटप हेल्प नेपाल र गण्डकी प्रदेश भिड्ने भएका छन्।
त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै गण्डकीले हेल्प नेपालसँगको भेट पक्का गरेको हो।
गण्डकीले नेपाल पुलिस क्लबलाई २५–१८, २५–२२ र २५– ले हरायो।
शुक्रबार नै सम्पन्न अर्को खेलमा आर्मीलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा पुगेको थियो। हेल्प नेपालले आर्मीलाई २५–१७, २५–१५ र २५–२१ ले हरायो
गण्डकी अपराजित रहँदै फाइनलमा पुगेको हो। लिग चरणमा गण्डकीले हेल्प नेपाललाई ३–२ ले हराएको थियो।
पुरुषतर्फ तेस्रो स्थानका लागि आर्मी र पुलिस क्लब भिड्ने छन्।
यस्तै महिलातर्फको एभरेस्ट भलिबल क्लब र नेपाल पुलिस क्लब भिड्ने छन्। तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्ने छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |