हेल्प नेपाललाई तेस्रो स्थान

काठमाडौँ। काभा पुरुष क्लब भलिबल च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्ट्स क्लबले तेस्रो स्थान हासिल गरेको छ।
माल्दिसभ्सको मालेमा बुधबार सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा हेल्प नेपालले श्रीलंका पुलिसलाई ३-१ को सेटमा पराजित गरेको हो।
पहिलो र दोस्रो सेटमा जित हासिल गरेको हेल्प नेपाल तेस्रो सेटमा भने पराजित भएको थियो तर चौथो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै तेस्रो स्थान हात पारेको हो।
पहिलो सेट २५-२०, दोस्रो सेट २५-१५ ले जितेको हेल्प नेपालले तेस्रो सेट २०-२५ ले गुमाएको थियो।
यस प्रतियोगितामा हेल्प नेपालले लिग चरणको खेलमा तीन जित र एक हार ब्यहोरेको थियो।
यसअघि मंगलबार भएको लिग चरणको अन्तिम खेलमा हेल्प नेपालले श्रीलंकाली पुलिसलाई ३-० को सेटमा पराजित गरेको हो। कीर्गिस्तान बिश्केकसँग समान अंक (११) भए पनि सेटको (२ सेटले पछि पर्दा) आधारमा हेल्प नेपालले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गरेको हो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |