← समाचारमा फर्कनुस्
Volleyball Jan 01, 2026 · Swadesh

हेल्प नेपाल सेमिफाइनलमा

हेल्प नेपाल सेमिफाइनलमा

काठमाडौँ।  हेल्प नेपाल स्पोर्ट्स क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहिबार सम्पन्न पहिलो क्वाटरफाइनलमा बूढानीलकण्ठ भलिबल क्लबलाई ३–० को सेटमा हराउँदै सेमिफाइनलमा पुगेको हो। 


पहिलो सेट २५–१३ ले सहज जित हात पारेको हेल्प नेपालले दोस्रो सेटमा भने २५–२३ ले संघर्षपूर्ण जित निकाल्न सफल भयो। त्यस्तै, तेस्रो सेटमा २५–१८ ले जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्यो। 


हेल्प नेपालले अब सेमिफाइनलमा कोशी प्रदेश नेपाल पुलिसबीचको विजेतासँग शुक्रबार खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →