← समाचारमा फर्कनुस्
Volleyball Dec 28, 2025 · Swadesh

हेल्प नेपालको लगातार दोस्रो जित

हेल्प नेपालको लगातार दोस्रो जित

काठमाडौं। साबिक विजेता हेल्प नेपाल नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गरेकाे छ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न समूह ‘ए’को खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो।


जितसँगै हेल्प नेपालले ३ अंक पुर्‍यायो। पहिलो खेलमा हेल्प नेपालले एपीएफलाई ३–० कै सोझो सेटमा पराजित गरेको थियो।


मणिमुकुन्दको भने यो पहिलो खेल हो। 


पहिलो सेट २५–१६ ले गुमाए पनि अन्यमा भने मणिमुकुन्दले चुनौती दिएको थियो। तर, हेल्प नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २५–१९ र २५–२२ ले खेल आफ्नो बनायो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →