← समाचारमा फर्कनुस्
पाँचौँ सेटमा हेल्प नेपाल स्तब्ध

काठमाडौं। काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचौँ सेटमा पराजित गरेकाे छ।
शनिबार भएको तेस्रो खेलमा हेल्प नेपाल बिस्केक कीर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको हो।
पहिलो सेट हेल्प नेपालले २५–२० ले गुमाएको थियो। दोस्रो सेट हेल्प नेपालले २८–२६ ले जित्यो।
तेस्रो सेटमा भने पुन: कमजोर प्रदर्शन गर्दा २५–२० ले पराजित हुन पुग्यो। चौथो सेटमा भने बिस्केकलाई २५–१७ ले सहजै पाखा लगायो। पाँचौं तथा अन्तिम सेटमा हेल्प नेपाल १५–११ ले पराजित भयाे।
यो हारसँग हेल्प नेपालकाे विजयी यात्रामा पुर्णविराम लागेकाे छ। यसअघि हेल्प नेपालले पहिलो खेलमा माल्दिभ्सको क्लब धिवेही सिफाइन्गे क्लबलाई ३–२ को सेटमा पराजित गरेको थियो। दोस्रो खेलमा पनि माल्दिभ्सकै क्लब एचडिसीलाई ३–१ सेटमा पराजित गरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |