← समाचारमा फर्कनुस्
Volleyball Jul 18, 2025 · Swadesh

रोमाञ्चक खेलमा हेल्प नेपाल विजयी

रोमाञ्चक खेलमा हेल्प नेपाल विजयी

काठमाडौं। टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियन्स लिग २०२५ मा विजयी सुरुआत गरेको छ।

बिहिवार राति माल्दिभ्सको मालेसिटी शहरमा सम्पन्न खेलमा हेल्प नेपालले माल्दिभ्सको धिवेही सिफाइङ्गे क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो।

निकै रोमाञ्चक बनेको पहिलो सेटमा हेल्प नेपालले ३३–३१ ले आफ्नो पक्षमा पारेको थियाे। दाेस्राे सेट पनि हेल्प नेपालले २५–२२ मा जित निकाल्यो। तर, माल्दिभ्सको सिफाइङ्गे क्लबले तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गदै २५–२२ र चौथो सेटमा २५–२० ले आफ्नो पक्षमा पारेपछि खेल पाँचौ सेटमा पुगेको थियो।

निकै रोमान्चक बनेको खेलको पाँचौ सेट हेल्प नेपालले १५–८ ले आफ्नो पक्षमा पादैँ जित निकालेको हो।

बिहिवार नै भएको अन्य खेलमा कीर्गिस्तानको बिश्केकले माल्दिभ्सकै अर्को टोली क्लब एचडिसी लाई र काजकिस्तानको जायक भिसीले श्रीलंकाको पोर्टस अथोरिटीलाई पराजित गरेको थियो।

पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोविन पद्धत्तिमा संचालन भएको छ। प्रतियोगितामा शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्।

हेल्प नेपालले शुक्रबार माल्दिभ्सकै अर्काे टोली क्लब एचडिसीसँग प्रतिस्पर्धा गर्ने छ। हेल्प नेपाल गत संस्करणको उपविजेता टोली हो।

प्रतियोगिता जुलाई १७ देखि २३ सम्म माल्दिभ्सको राजधानी माले सिटीमा आयोजना हुँदैछ।

हेल्प नेपाल पोखरामा सम्पन्न ९औं संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष भलिबल विजेताको हैसियतले सो प्रतियोगितामा सहभागी भएको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →