← समाचारमा फर्कनुस्
Volleyball Jan 03, 2026 · Swadesh

आर्मीलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल लगातार एनभीए च्याम्पियन

आर्मीलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल लगातार एनभीए च्याम्पियन

काठमाडौँ। हेल्प नेपाल स्पोर्ट्स क्लबले नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न फाइनल खेलमा हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो।


हेल्प नेपालले तीनै सेट २५–२१ को समान स्कोरमा जित्दै आर्मीमाथि दबाब कायम राख्यो। उपाधिसँगै हेल्प नेपालले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेता आर्मी क्लबले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।


यस्तै, महिलातर्फको उपाधि भने नेपाल पुलिस क्लबलाई हराउँदै न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले जितेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →