← समाचारमा फर्कनुस्
Martial Arts Jul 19, 2025 · Swadesh

जिम्न्याष्टिकमा प्रधानको निरन्तरता

जिम्न्याष्टिकमा प्रधानको निरन्तरता

काठमाडौं, साउन ३ गते ।
नेपाल जिम्न्याष्टिक संघको केन्द्रीय साधारण सभाले ध्रुवबहादुर प्रधानलाई अध्यक्षमा निरन्तरता दिदै २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।

उपाध्यक्षमा बाबुराम थापा, दीपकृष्ण प्रजापति, सुशिलप्रकाश प्रधान, वचन देउजा, प्रमिला सिंह श्रेष्ठ र राजकुमार कार्की रहेका छन् । मुकुन्दराज शर्माले महासचिव, रामप्रसाद बस्याल र डा. कुस्मिला आचार्यले सचिव, सुनिलमान सिंहले कोषाध्यक्ष र संगिता खड्काले सह–कोषाध्यक्षको जिम्मेवारी पाए ।

सूर्यबहादुर अधिकारी, श्रीप्रसाद कोजु, विष्णुनारायण ग्वाछा, निरज थापा, शिवप्रसाद गौतम, राजु केसी, राजु कायश्थ, पर्मेश्वर जोशी, राजेशमान श्रेष्ठ र विवेकानन्द चौधरी सदस्यमा चयन भए ।

नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । त्यसअघि साधारण सभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए । धोबीघाटस्थित सिद्धार्थ कटेजमा भएको साधारण सभामा एजीयुका प्रतिनिधि कौशिककुमार बिडिवालाको पनि उपस्थिति रहेको थियो 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →