← समाचारमा फर्कनुस्
Martial Arts Aug 28, 2024 · Swadesh

गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

नेपाली मुँवाथाईका सफल खेलाडी गुणराज रुचाल बैदेशिक प्रशिक्षणका लागि बुधबार अस्ट्रेलियाको पर्थ जाने भएका  छन् । एक महिने प्रशिक्षणका दौरान गुणराजले अस्ट्रेलियामा हुने प्रतियोगितामा पनि सहभागिता जनाउने छन् । 

उनलाई यो अवसर लिजेन्ड्स एकेडेमी पर्थले प्रदान गरेको हो । निःशुल्क प्रशिक्षणका साथै उनको सम्पूर्ण खर्च पनि लिजेन्ड्सले नै व्यहोर्ने बताइएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले गुणराजलाई पाएको अवसरलाई भरपुर सदुपयोग गर्न सुझाउदै मंगलबार बिदाइ गरे ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा गुणराजले हासिल गरेको सबै भन्दा ठूलो उपलब्धी गत मार्च १९ मा थाइल्यान्डमा भएको १९ औं विश्व मुवाँथाइ च्याम्पियनसिपअन्तर्गत सेमी प्रोको पुरुष ५४ केजीमा स्वर्ण जित्नु हो । विश्व च्याम्पियनसिपको सेमी प्रोमा यो उपलब्धी हासिल गर्ने उनी पहिलो नेपाली मुवाँथाई खेलाडी हुन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →