ग्रान्डी र मनास्लु फाइनलमा

ग्रान्डी र मनास्लु वल्र्ड कलेज गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा भएको सेमिफाइनलमा ग्रान्डीले युजेएलाई १५–१४ तथा मनास्लुले भीएस ‘ए’ लाई २१–१० ले पराजित गरे ।
शुक्रबारै भएको सेमिफाइनलमा ग्रान्डीले जिपीएचएसलाई १६–९, युजेएले बलर्स एकेडेमीलाई १६–९, भीएस ‘ए’ ले आयोजकको बोर्न टु हुपलाई १६–१४ तथा मनास्लुले टिम कुमारलाई १९–५ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।
गल्र्समा आईएसए नेपाल र बोर्न टु हुपले उपाधि भिडन्त पक्का गरिसकेका छन् । फाइनल आइतबार हुनेछ । दुवै समूहमा पहिलो हुनेले २० हजार तथा दोश्रोले १० हजार नगद पुरस्कार हात पार्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |