← समाचारमा फर्कनुस्
Other Sports Jun 23, 2025 · Swadesh

सरकार र एनओसी मिलेर ‘गाइडलाइन’ बनाउन प्रस्ताव

सरकार र एनओसी मिलेर ‘गाइडलाइन’ बनाउन प्रस्ताव

काठमाडौँ, असार ८ गते ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलकुदमा अहिले देखिएको विवादलाई समाप्त पार्न सरकार र एनओसी मिलेर एउटा स्पष्ट गाइडलाइन कोर्ने प्रस्ताव अगाडि सारेका छन्।  

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले ओलम्पिक दिवसको अवसरमा आइतबार ओलम्पिकमा नेपालको सहभागिता विषयमा आयोजना गरेको ‘’स्पोर्ट्स डायलग’  एनओसी अध्यक्ष श्रेष्ठले सो प्रस्ताव राखेका हुन् । 

उनले भने – नेपाली खेलकुदको समस्या सदाका लागि समाधान गर्ने हो भने  सरकार र ओलम्पिक कमिटी बसेर गाइडलाइन तयार गरौँ । खेलकुद मन्त्रालय, राखेप, ओलम्पिक कमिटी र राष्ट्रिय खेल संघहरुले गर्ने कामको स्पष्ट खाका बनाउँ। यसो भएमा प्रत्येक निकायको कर्तव्य र जिम्मेवारी स्पष्ट हुनेछ। कसैको कोही प्रति आग्रह पुर्वाग्रह हुनेछैन। 

गत पुसमा एनओसीको नयाँ निर्वाचन भएयता सरकार र एनओसीबिच दुरी बढेको छ। श्रेष्ठले खेलकुद विकास ऐनलाई अटेरी गर्दै निर्वाचन गराएको आरोप लगाएको सरकारले एनओसीको कार्यालयमा ताला लगाएको छ। 

यद्यपि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले भने सो निर्वाचनलाई मान्यता दिइसकेको छ।

श्रेष्ठले हालको विवादलाई असमझदारी भन्दै समाधान गर्न एनओसीले हद सम्मको लचकता अपनाउन सक्ने बताए। भने, - “द्वन्द्व भएसम्म खेलकुदको विकास हुन सक्दैन, त्यसैले चाँडै यसको समाधान हुनुपर्छ । नेपाली खेलकुद र खेलाडीको विकास र उत्थानका लागि एनओसी कति झुक्नुपर्ने हो त्यत्ति झुक्न तयार छ”

स्पोर्ट्स डायलगमा राष्ट्रिय खेल संघको प्रतिनिधित्व गरेका नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले राखेप र ओलम्पिक कमिटीको द्वन्द्वले संघहरु ‘स्यान्डविच’ भइरहेको बताउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा अन्तर्राष्ट्रिय खेल कानुन नै मान्नुपर्ने जुन नेपाल ओलम्पिक कमिटीबाट मात्र सम्भव भएको बताए । 

उनले यो भइरहेको ‘जुँगाको लडाईँ’ त्याग्नुपर्ने र यो द्वन्द्वले खेल संघ मारमा परेको जिकिर गर्दै भने – “यसकै प्रतिफल संघहरु विघटन भएका छन् । कति संघमा बजेट कटौती भएको अवस्था छ । जुन पक्कै राम्रो कुरा होइन। ”

यसैगरी ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले राखेप, ओलम्पिक कमिटी सबैबाट खेलाडीहरुले माया रहेको तर विवादले खेलाडीहरु मारमा परेको बताइन्। 

उनले ओलम्पियन भनेर चिनिनुभन्दा पनि ओलम्पिक पदकधारी भनेर चिनिनका लागि अनुकूल वातावरणको तयारी गर्नुपर्ने भनाइ राखिन्। उनले ओलम्पिकमा पदक जित्नु भन्दा अगाडि ओलम्पिकमा छनोट कसरी हुने भन्ने बिषयमा खेल निकाय केन्द्रीत हुनुपर्ने बताइन्।

यसैगरी एनएसजेफका अध्यक्ष निरञ्जन अधिकारीले मञ्चको समन्वयमा सरकार र ओलम्पिक कमिटबिचको विवाद सल्टाउन एनओसीले यस कार्यक्रममा लचिलो भएर अगाडि बढ्न तयार भएको विषयको स्वागत गर्दै मञ्चले खेलकुद मन्त्रालय र राखेपसँग पनि यस्ता डायलग कार्यक्रम गरी विवाद अन्त्य गर्न पहल गर्ने बताए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →