← समाचारमा फर्कनुस्
Other Sports Jun 07, 2023 · Shishir

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरु पहिलो दिन सुबाशलाई ५ स्ट्रोकको अग्रता

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरु पहिलो दिन सुबाशलाई ५ स्ट्रोकको अग्रता

काठमाडौं, जेठ २३ः सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश तामाङले सानदार सुरुवात गर्दै ५ स्ट्रोकको अग्रता बनाएका छन्।

उनले पहिलो दिन ९–अन्डर ६३ को उत्कृष्ट स्कोर दर्ज गरे। यो स्कोरमा सुबाशले प्रोफेसनल गल्फर तोरण विक्रम शाहीलाई ५ स्ट्रोकले पछि पारेका हुन्।
गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा तोरणले पहिलो दिनको खेल ४–अन्डर ६८ मा पुरा गरे। जयराम श्रेष्ठ र शिवराम पौडेलले ३–अन्डर ६९ को स्कोरमा संयुक्तरुपमा तेस्रो स्थान बाँडे।

यसैगरी एमेच्योर खेलाडी सदभाव आचार्य २–अन्डर ७० सहित पाँचौ स्थानमा छन्। १–अन्डर ७१ को स्कोरमा डिफेन्डिङ च्याम्पियन शुक्र बहादुर राई सहित कृष्णमान राजबाहक र दिनेश प्रजापति संयुक्तरुपमा छैटौं स्थानमा छन्। यसैगरी सूर्य प्रसाद शर्मा, भुवन नगरकोटी, दल बहादुर लामा, रबि खड्का र राजेन्द्र थापा मगर संयुक्तरुपमा नवौं स्थानमा छन्। उनीहरूले पहिलो दिनको खेल इभन–पार ७२ मा सकाए।

दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण विजेता सुबाशले प्रो गल्फरहरूलाई पहिलो दिनदेखि नै दबाब दिने क्रममा उत्कृष्ट सुरुवात गरे। पहिलो, दोस्रो र तेस्रो होलमा लगातार तीन बर्डी प्रहार गरे। आठौं होलमा एक सट खेर फाले पनि पाँचौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए।

ब्याक नाइनमा पनि सुबाशले उत्कृष्ट लयलाई निरन्तरता दिए। १०औं होलमा एक सट बचाउँदा ५–पारको ११ औं होलमा इगलको सफलता प्राप्त गरे। यसपछि १२औं र १४औं होलमा एक–एक सट बचाउँदै उनले ब्याक नाइन ५–अन्डर ३१ मा सकाए।
तोरणले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३४ मा पुरा गरे। दिनको सुरूवात बोगीबाट गरे। पहिलो होलमा बोगी खेपे पनि तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि १२औं र १६औं होलमा एक–एक सट बचाए।
जयरामले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए।

पहिलो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गर्दा चौथो होलमा बोगी खेपे। ब्याक नाइन १–अन्डर ३५ मा पुरा गरे। ११औं र १३औं होलमा एक–एक सट बचाउँदा १५औं होलमा बोगी खेपे।

शिवरामले फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाउने क्रममा पहिलो, दोस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे। ब्याक नाइन इभन–पार ३६ मा पुरा गरे। उनले ११औं होलमा बर्डी र १७औं होलमा बोगी प्रहार गरे।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित तथा सुर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीले ७२ होलको प्रतियोगिता खेल्नेछन्। ३६ होलको समाप्तीमा शीर्ष २१ प्रो र कम्तिमा ६ एमेच्योर खेलाडीले कट बनाउनेछन्।

कुल १५ लाख २० हजार नगद  पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७० हजार प्राप्त गर्नेछ। यसैगरी दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः १ लाख ७० हजार, १ लाख २० हजार र १ लाख प्राप्त गर्नेछन्। शीर्ष २१ मा पर्ने प्रोफेसनल खेलाडीले नगद हात पार्नेछन्।

सूर्य नेपाल गल्फ टुर अन्तर्गत ८ मध्ये ७ वटा प्रतियोगिताको सकिंदा  ५ लाख १३ हजार ५ सय रुपैयाँका साथ भुवन नगरकोटी यो सिजन सर्वाधिक कमाउने खेलाडी सुचीको शीर्षस्थानमा छन् । उनी भन्दा १९ हजार ५ सय रुपैयाँ कम ४ लाख ९४ हजार रुपैयाँका साथ दोस्रो नम्बरमा शुक्रबहादुर राई रहेका छन् । यो प्रतियोगिताले अर्को सिजनको नम्बर १ खेलाडीको छिनोफानो समेत गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →