← समाचारमा फर्कनुस्
Top Headlines Aug 14, 2023 · Shishir

घोडचढीको कोर्स सुरु

घोडचढीको कोर्स सुरु

नेपाल घोडचढी सङ्घको आयोजनामा ६ दिने एफईआई सोलीडारिटी कोर्स सोमबार सुरु भयो ।

कोर्सको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे  । उद्घाटन समारोहमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतको उपस्थिति थियो । 

घोडचढी संघले एसियाली घोडचढी महासंघ, अन्तर्राष्ट्रिय घोडचढी महासंघ, नेपाल आर्मी, नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा कोर्षको सञ्चालन गरेको हो । 

सुरुको दुई दिन इन्ट्रडक्सन विथ कोचिङको कोर्स समावेश छ । एफईआईका कोर्स डाइरेक्टर सिंगापुरका प्रेड्याग मर्जानोभिकले प्रशिक्षण दिने छन् । 

यस पछिका ४ दिन एफईआई सोलीडारीटी इक्वेस्ट्रियन स्पोर्ट्स इभेन्ट फर अफिसियल एन्ड जम्पिङ डिजाइनिङका कोर्स हुने छन् ।

यो कोर्स प्रेड्यागका साथमा सिंगापुरका रक्षसन राडपौरले सञ्चालन गर्ने छन् ।
कोर्समा नेपाल आर्मीका आठ तथा  कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती समान २–२ जना प्रशिक्षार्थी सहभागी छन् । 

कोर्षले नेपाली घोडचढीको प्राविधिक क्षेत्रमा फड्को मार्ने अपेक्षा गरिएको छ । पहिलो दिन घोडचढीको सैद्धान्तिक मात्र नभई व्यावहारिक ज्ञान नै प्रयोग शैली मार्फत नै सिकाइएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →