TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 21, 2026 · Swadesh

पुर्नआगमन जितसँगै जर्मनी अर्को चरणमा

पुर्नआगमन जितसँगै जर्मनी अर्को चरणमा

डेनिज उन्डभले सब्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गर्दै दुई गोल गरेपछि जर्मनीले आइतबार विश्वकप २०२६ मा आइभरीकोस्टमाथि २–१ को पुर्नआगमन जित रचेको छ र प्रतियोगिताको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।

जर्मनी विश्वकपको नकआउट चरण पुगेको सन् २०१४ यता पहिलो पटक हो । जर्मनीले त्यही वर्ष विश्वकप जितेको थियो, तर त्यसयता लगातार खराव प्रदर्शन गरिरहेको थियो । फ्रान्क केसीको गोलमा आइभरीकोस्टले पहिलो हाफमा अग्रता लिएको थियो ।

त्यसपछि उन्डभले दुई गोल गरे । त्यसमध्ये निर्णायक गोल इन्ज्युरी समयमा सम्भव भएको हो । यो जितपछि जर्मनीको दुई खेलबाट छ अंक भएको छ । आइभरीकोस्ट तीन अंकमा दोस्रो स्थानमा छ । इक्वडेर र कुराकाउ अंकविहीन स्थितिमा छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group F
1 Netherlands 2 4
2 Sweden 2 3
3 Japan 1 1
4 Tunisia 1 0
सबै समूह →